top of page

सामाजिक संजालमा फेक प्रोफाइल पत्ता लगाउने तरिका

  • Writer: ganesh regmi
    ganesh regmi
  • Jan 4, 2022
  • 1 min read

सामाजिक संजालमा बिभिन्न प्रकारको व्यक्ति, संस्था तथा बिवरण हरु पाइन्छन। सुरक्षित तरिकाले सामाजिक संजाल चलाउन सकिएमा धेरै जानकारी तथा फाइदाहरु छन्। तर असुरक्षित तबरले चलाइएमा विभिन्न प्रकारको जोखिम रहेको छ। आज हामी गलत प्रकारको प्रोफाइल पत्ता लगाउने तरिका सम्बन्धि छलफल गर्नेछौं।


१. प्रोफाइल फोटो / अन्य फोटोहरु


सामान्य व्यक्तिले आफ्नु सामाजिक संजालमा प्रोफाइल बनाउदा आफ्नु सजिलै संग चिनिने प्रोफाइल फोटोहरु राख्ने गर्दछ। यदि प्रोफाइल फोटो राम्रो संग चिनिने छैन साथै अन्य फोटोहरु पनि स्पस्ट छैन भने सम्झिनु पर्दछ कि यो प्रोफाइल फेक हुन या गलत हुन सक्दछ।


२. साथीहरु


सामान्य व्यक्तिको प्रोफाइलमा धेरै साथीहरु हुने गर्दछन् तर यदि आफुले हेदै गरेको प्रोफाइलमा साथीहरु एकदम कम छन् भने हुन सक्छ यो प्रोफाइल गलत / फेक हो।

३. प्रोफाइल कहिले बनेको


धेरै व्यक्तिहरु समज्जिक संजाल धेरै पहिले बाटै चलाउन थाली सकेका हुन्छन। यदि हालसालै बनेको प्रोफाइल छ भने त्यो प्रोफाइल फेक/ गलत पनि हुन सक्छ । त्यसैले विचार गरेर मात्र साथी बनाउनु या विश्वास गर्नु पर्दछ।


४. प्रोफाइल कतिको धेरै चलाउने गरेको छ


सामाजिक संजाल सामान्य रुपमा हेर्ने हो भने धेरै पोस्ट हरु। जानकारीहरु सेयर गरेको या जन्मदिन सम्बन्धि जानकारी/ शुभकामनाले भरिएको हुन्छ। यति त्यस्तो प्रकारको कुनै पनि बिवरण हरु छैन भने त्यस प्रफ़ाइल लाइ संकाको दृष्टिले हेर्ने सकिन्छ।


५. पोस्टमा भएका लाइंक्स/कमेंट्स हरु


सामान्यतया हाम्रो पोस्टमा लाइंक्स/कमेंट्स साथीहरुले विभिन्न प्रकारले गर्ने गरेका हुन्छन। कुनै संकास्पद प्रोफाइलमा पनि त्यस प्रकारको भए नभएको यकिन गर्नु राम्रो हुन्छ।

Comments


© 2021 by Clean Install services

Get Social

  • Grey Facebook Icon
  • Grey Twitter Icon
  • Grey LinkedIn Icon
  • Grey YouTube Icon
bottom of page