सामाजिक संजालबाट ठग तथा चोरले सम्पति सम्बन्धि जानकारी प्राप्त गर्ने तरिका हरु
- ganesh regmi
- Jan 4, 2022
- 1 min read

सामाजिक संजालमा दैनिक रुपमा हामी बिभिन्न प्रकारको तस्बिर तथा व्यक्तिगत जानकारी हरु राखी रहेका हुन्छौ। त्यस सम्बन्धि बिवरण हरु हेरेर ठग/ चोर हरुले भिभिन्न प्रकारको ठगि/ चोरी गर्ने तरिकाहरु सोचि रहेको हुन सक्छ। निम्न कुराहरुको ध्यान दिएमा सामाजिक संजालबाट व्यक्तिगत सम्पति सम्बन्धि जानकारी ठग/ चोर सम्म पुग्नबाट बच्न सकिन्छ।
१. धेरै गर-गहना लाएको तस्बिरहरु सामाजिक संजालमा नराख्ने।
सामाजिक संजालमा धेरै जसो राखिने मा तस्बिरहरु पर्दछन । हामी पोज- पोज मा तस्बिर हरु खिचेर राख्ने गर्दछौ। सामान्य गहना लगाएको फोटो सम्म खासै धेरै फरक नपर्ला तर झाकिझकाउ गहना लगाएर सामाजिक संजालमा राखेको खण्डमा ठगले धेरै सम्पति भएको महसुस गरि ठगि/ चोरी गर्ने मनासय राखी ताना- बाना बुन्ने प्रयास गर्न सक्दछ।
२. आफ्नु परिवारको सदस्यको कमाइ सम्बन्धि जानकारी ।
हामी आफ्नु परिवारको सदस्यको प्रगति बिवरण सामाजिक संजालमा हाल्न हतारो गर्दछौँ। आफ्नु परिवारको सदस्यको प्रगति बिवरण राख्दा सम्पति/ कमाइ सम्बन्धि बिवरण स्पस्ट झल्किने गरि राख्दा ठग/ चोरको नजरमा पर्न सक्ने खतरा बढ्ने हुन जान्छ।
३. आफ्नु घर भित्रको तस्बिर हरु।
विभिन्न प्रकारको तस्बिरहरु फरक-फरक समयमा हामीले सामाजिक संजालमा राखी रहेको हुन्छौं। तिनै तस्बिरहरुको को आधारमा ठग /चोरले तपाइको घरको भित्रि अवस्थाको जानकारी लिन सक्दछ। जस्तै, घरमा कोठा कति छन् , कुन कोठामा दराज छ वा कहाँ कुन कोठामा पैसा/ गरगहना राखेको हुन सक्दछ आदि। त्यसैले सामाजिक संजालमा घरको बिवरण थाहा नहुने गरि तस्बिरहरु राख्ने कुरामा ध्यान दिनु नितान्त आवस्यक छ।
४. घरमा अहिले को-को हुनु हुन्छ भन्ने सम्बन्धि जानकारी।
परिवारको सदस्य नै परिवारको सुरक्षाको अभिन्न अंग हो। त्यसैले घरमा एक्लै भएको , या बालबालिका मात्र भएको सम्बन्धि झल्किने प्रकारको पोस्ट गरेको खण्डमा ठग/ चोरको मौकालाई सहयोग पुग्न सक्दछ। त्यसैले त्यस्ता कुरामा ध्यान दिएमा हुनसक्ने दुर्घटना बटा बच्न सकिन्छ।


Comments