मोबाइल नं प्रयोग गरि हुने OTP चोरी/ठगि बाट बच्ने तरिका
- ganesh regmi
- Jan 4, 2022
- 1 min read

OTP भनेको के हो ?
मानौ, तपाइले कुनै पनि एपको पासवर्ड बिर्सनु भयो ? अब सोच्नुहोस तपाइ त्यो एपमा लग -इन कसरी गर्न सक्नु हुन्छ होला । त्यसको लागि तपाइले पहिले एकाउण्ट खोल्दा आफ्नु व्यक्तिगत बिवरण हरु भर्नु भएको हुन्छ। जस्तै मोबाइल नं , इमेल आदि। एप सेवा प्रदायक कम्पनीले तपाइको मोबाइल नं तपाइले मात्र प्रयोग गर्नु हुन्छ अनि त्यहाँ आएको मेसेज कसैलाई पनि भन्नु हुन्न भन्ने मानेको हुन्छ। त्यसैले तपाईले पासवर्ड बिर्से भनेर आफ्नु मोबाइल नं तपाइले प्रयोग गर्ने एपमा हाल्नु भयो भने एपले OTP पठाउछ।
One Time Password (OTP) भन्नाले मोबाइल एप प्रगोग कर्ताको लागि मोबाइल नम्बरमा कुनै संख्या वा अक्षर SMS मार्फत पठाई सम्बन्धित व्यक्ति हो कि हैन भन्ने पत्ता लगाउने मध्यम हो। OTP एक पटक मात्र थोरै समय , सामान्यतया ३० मिनेट को लागि मात्र प्रयोग गर्न पाइन्छ।

आफ्नु मोबाइलमा आएको OTP आफु बाहेक अरु व्यक्तिले थाहा पाए के हुन्छ ?
कुनै पनि एपमा तपाइको मोबाइलमा प्राप्त भएको OTP राख्ने बितिकै एपले OTP राख्ने कम्प्युटर / मोबाइल तपाइले नै चलाउनु भएको हो, भन्ने मान्दछ। तपाइले OTP आफुले राखे वा अर्कैले तपाइको OTP राखेमा पनि एपले थाहा पाउने छैन। तपाइको OTP अरुले थाहा पाएमा तपाइको युजर बाट लागिन् गर्न , पासवर्ड परिवर्तन गरि तपाइलेनै चलाउन नमिल्ने बनाउन, एपमा भएको पैसा , समान, जानकारी चोर्न समेत सक्छन।
त्यसैले OTP कसैलाई पनि भन्नु हुदैन। तपाइको OTP सेवा प्रदायक एप बाट नै पनि सोधेमा समेत भन्नु हुदैन।

OTP चोरी गर्न खोज्ने व्यक्ति पत्ता लगाउने तरिका
कुनै पनि व्यक्तिले तपाईको मोबाइलमा आएको SMS सम्बन्धि जानकारी मोबाइलमा कल गरेर वा अन्य कुनै प्रकारले लिने प्रयास गर्छ भने त्यो व्यक्ति OTP ठग / चोर हुन सक्छ। त्यसैले त्यस्ता व्यक्तिलाई कुनै प्रकारको जानकारी दिनु हुदैन।



Comments